Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

विगतका अधुरा योजना पूरा गर्न मात्रै ८४ करोड छुट्याइयो

विगतका अधुरा योजना पूरा गर्न मात्रै ८४ करोड छुट्याइयो

भरतपुर : भरतपुर महानगरपालिकाले विगतका अधुरा योजना पूरा गर्न मात्रै ८४ करोड रुपैयाँ छुटटाएको छ । पछिल्ला वर्षमा सुरु गरिएर अधुरा रहेका पूर्वाधार आयोजना, निर्माणाधीन भवन, सडक, पुल आदिका लागि भरतपुर महानगरले यो वर्ष रु ८४ करोड ५० लाख बजेट छुट्याएको हो ।

महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले आज नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको वजेटमा त्यसरी अधुरा योजना पूरा गर्न मात्रै ८४ करोड छुटटाइएको उल्लेख छ ।

त्यसरी अधुरा योजना पूरा गर्न निम्न अनुसारको बजेट छुटटाइएको छ ।

रु ६० करोड : अधुरा निर्माण सम्पन्न गर्न रु २४.५० करोड :  ठेक्का प्रक्रियाबाट बक्यौता भुक्तानी थप रु २५ करोड  : एकीकृत सहरी विकास योजना रु २ करोड : हाउस नम्बरिङ कार्य

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट