चितवन : चितवनको राप्ती नगरपालिका–३ डडुवा क्षेत्रमा भएको एक भयानक सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ। इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान भएको उक्त दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ भने अन्य घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ। मृतकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको अनुमान गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij