Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

टिकौली सामुदायिक वनद्वारा उपचार सम्बन्धी सम्झौता

टिकौली सामुदायिक वनद्वारा उपचार सम्बन्धी सम्झौता

रत्ननगर : रत्ननगरको टिकौली मध्यवर्ती सामुदायिक वनले भरतपुर स्थित मौलाकालिका अस्पतालसंग उपचारमा छुट सम्बन्धी सम्झौता गरेको छ ।सामुदायिक वनका उपभोक्ता र कर्मचारीलाई उक्त अस्पतालमा ओपीडी सेवा बाहेक अन्य सेवामा २५ प्रतिशत र फार्मेसी सेवामा ५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा अस्पतालको तर्फबाट सञ्चालक सदस्य इश्वरी प्रसाद पण्डित र सामुदायिक वनको तर्फबाट अध्यक्ष बुद्धिसेन चौधरीले हस्ताक्षर गरेका छन् । छुट सेवा प्राप्तीको लागि वनका उपभोक्ता र कर्मचारीहरुले वन उपभोक्ता समूहको परिचय खुल्ने कागजात देखाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij