Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पुर्ख्यौली पेसा ‘आरन’ बाटै लाखौं आम्दानी गर्छन् बिक परिवार, भन्छन् कमाउनकै लागि विदेश जानू पर्दैन

पुर्ख्यौली पेसा ‘आरन’ बाटै लाखौं आम्दानी गर्छन् बिक परिवार, भन्छन् कमाउनकै लागि विदेश जानू पर्दैन

चितवन: २००३ सालमा बाग्लुङको गोलकोटमा जन्मिएका स्यामलाल बि.क ११ वर्षको कलिलो उमेर देखि नै आफ्नो बुबासँग बसेर आरनमा काम गर्न सुरु गरे । बिस्तारै हुर्किदै गए र यहि पेसामा भिज्दै गए।

उनिहरु जङ्गलबाट साल, कोरेस, जमुनाको दाउरा लिएर आउथे अनि त्यसलाई बन्चरोले काटेर ठुलो खाल्डो खनेर आगो बाल्ने अनि आगोलाई माटाले पुरेर कोइला बनाउथे । १०/ १५ दिन हिडेर फलाम किन्न जान्थे। त्यो बेला धार्निको एक मोएमा फलाम पाइन्थ्यो । उनले एक पटकमा ६० धार्नि सम्म फलाम बोकेर ल्याउथे । यति मात्र नभइ बुडि बाख्राको छाला काटेर काति लगाएर २/३ तीन मज्जाले खुट्टाले माडेर नरम कपडा जस्तो बनाएर त्यसलाई आगो फुक्न प्रयोग गर्थे। जसलाई खनती भनिन्छ ।

त्यस पछि बल्ल फलामलाई काटेर आगोले पोलेर घनने कुटेर कुडे, दिउरि , हम्मर, कोदालो आदि सामानहरु बनाउथे। सामान बनाएर कोहि सामान मकै,कोदो,गहुँ , चामल , फापर जस्ता बालिमा साट्ने , कोहि दुई रुपैयाँ , तीन मोरमा बेच्ने गरिन्थे ।

२०३५ सालमा उनि आफ्नो परिवार लिएर बाग्लुङबाट चितवन झरे । आफ्नो पेसालाई निरन्तरता दिदै गए। केही पैसा जम्मा गरेर ४५ सालमा ६०० रुपैयाँको हाते मिसिन किने । त्यसले काम गर्न केही राहत मिलेको उनीले बताए । उनी भन्छन् अचेल छोराको पालामा लाइनबाट पोन्ने मिसिन आएछ। उनी अहिले ७९ वर्षको भए । शरीर कमजोर हुदै गए पछि उनले यो काम गर्ने छाडेर २ वर्ष जति हुन लाग्यो।

एउटा सानो घर । घरको आँगनमा टिनका पाता टासेर बनाइएको घामपानी छेक्ने छानो। भित्र असरल्ल छरिएका फलामका टुक्राहरु। कुना तिर थोत्रो बोरामा बाँधेर राखेको कालो कोइला। बिचमा कोईला पोल्न प्रयोग गरिने बलकले बारेको चुलो । चुलो नजिकै फलामको घन र हतौडा।

फलामलाई तताएर फलामको अचानोमा घनले पिट्दै गरेका तुलाराम बि.क । तुलारामले बाबुबाजे देखि चलिआएको पेशा गर्दै आएकोे छन् । “यो पेसा हाम्रा पाँच पुस्दा देखि चल्दै आएको हो” उनले भने। १५ वर्षको कलिलो उमेर देखि नै उनले आफ्नो बुबासँग बसेर आरनमा घन ठोकेर फलामका सामाग्री बनाउन सिके।

उनी नौ सन्तान मध्य माइलो छोरा हुन् । अरु दाजुभाइ केहि व्यापार व्यवसायमा लाए केही बिदेश गए तर उनी आफ्नो पुर्खा देखि चल्दै आएको पेसामा आबद्द भए । उनी भन्छन् , ” बिदेश किन जाने “। आफ्नो देशमा आफ्नो घरपरिवारसँग बसेेक‍ो छु मिहिनेत गरेको छु काम अनुसारको पैसा पनि कमाएकै छु उनले भने ।” म बिदेश नगएनि मैले बनाको सामानहरु बिदेश गएका छन्”। यहि पेसा गरेर उनले घर खर्च देखि लिएर सन्तानलाई पठाउने सम्पुर्ण खर्चहरु जुटाउछन् ।

उनका तीन वटा छोरा र एउटा छोरी पनि छन् । महिनाको तीस/ चालिस हजार कमाउछन् । हँसिया , खुर्पा , कुटो , कोदालो जस्ता घरायसी काममा प्रयोग हुने र खेतीपातीमा प्रयोग हुने औजार बनाउदै उनको दिन बित्छ । यसरी दैनिकी बिताएको पनि ३ दशक भन्दा बढी भइसक्यो । उनी यस पेसाबाट निकै खुसी र सन्टुस्टि देखिन्छन् । “मानसम्मान पनि पाइने पैसा पनि कमाइने अरु के चाहियो “उनले भने । पुर्खा देखि चल्दै आएको पेसा लेप नहोस् भनेर उनले आफ्नो कान्छो छोरालाई पनि काम सिकाउदै छन्। उनी भन्छन् , कुनै पनि काम सानो ठुलो हुदैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij