Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चेपाङ राष्ट्रिय मुक्ति मोर्चा इच्छाकामनाको अध्यक्षमा मीन बहादुर चेपाङ

चेपाङ राष्ट्रिय मुक्ति मोर्चा इच्छाकामनाको अध्यक्षमा मीन बहादुर चेपाङ

चितवन : इच्छाकामना गाउँपालिका–१ स्थित हात्तिबाङमा चेपाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम भेला भव्य रूपमा सम्पन्न भएको छ। भेलाले मीन बहादुर चेपाङको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा कुल बहादुर चेपाङ, सचिवमा सिर्जना चेपाङ, सह–सचिवमा शुद्ध बहादुर चेपाङ र कोषाध्यक्षमा लक्षुराम चेपाङ रहेका छन् ।

कार्यक्रममा गाउँपालिकाका प्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू, स्थानीय सामाजिक अभियन्ता तथा चेपाङ समुदायका अग्रजहरूको सक्रिय सहभागिता रहेको थियो। भेलामा सहभागी वक्ताहरूले चेपाङ समुदायको मौलिक अधिकारको संरक्षण, पहिचानको जगेर्ना तथा राजनीतिक चेतनाको सुदृढीकरणमा मोर्चाको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरेका थिए।

506484030_24497865953159679_1486339276058141182_n1750136561.jpg

भेलाका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले चेपाङ समुदायको सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारका सवालमा चेपाङ  राष्ट्रिय  मुक्ति मोर्चाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउँदै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए। चेपाङ राष्ट्रिय मुक्ति मोर्चाले चेपाङ समुदायलाई संगठित गर्दै अधिकार सुनिश्चितताका लागि महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे ।

चेपाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय अध्यक्ष तथा  पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण चेपाङले चेपाङ समुदायलाई लामो समयसम्म हेपिएको, उपेक्षित र पछाडि पारिएको अवस्थामा रहेको उल्लेख गर्दै अब समुदाय स्वयं जागरुक भइ संगठनमार्फत संगठित संघर्षमा उत्रनु पर्नेमा जोड दिए। उनले यस भेला समुदायको हक, अधिकार र पहिचानका पक्षमा ऐतिहासिक मोड हुने विश्वास व्यक्त गरे।

मोर्चाका अध्यक्ष मीन बहादुर चेपाङले नव निर्वाचित टोलीको तर्फबाट आभार प्रकट गर्दै समुदायको हितमा संगठनलाई सशक्त, जिम्मेवार र एकताबद्ध बनाइने प्रतिवद्धता जनाए। कार्यक्रममा नेकपा माओवादी कन्द्रका प्रदेश सदस्य सावित्रा सिलवाल,नेकपा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष  रामहरि कडेँल, अखिल नेपाल महिला संघ क्रान्तिकारीका इच्छाकामनाकी अध्यक्ष  सम्झाना खड्का सिलवाल, लगायतको आतिथ्यता रहेका थिए ।  सो अवसरमा चेपाङ कलाकारहरुले विभिन्न  सांस्कृति प्रस्तुतीहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij