चितवन : सशस्त्र प्रहरीका गणेशबहादुर ठाडा मगर अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन्।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिसअनुसार ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। सशस्त्र प्रहरी बलको नेतृत्वमा एक दूरदृष्टि र निडर कमाण्डरको रूपमा चिनिएका गणेश ठाडा मगर सशस्त्र प्रहरी बल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् ।
गत जेठ १५ गते गृह मन्त्रालयले ठाडा मगरको नाम बढुवाका लागि सिफारिस गरेको थियो। बढुवाको प्रतिस्पर्धामा रहेका कमल गिरी लगायत आधा दर्जनभन्दा बढी डीआईजीहरूलाई पछि पार्दै ठाडा मगर एआईजीमा सिफारिस भएका थिए। शक्तिकेन्द्रहरूबीचको रस्साकस्सीका कारण डेढ महिनासम्म बढुवा सिफारिस रोकिएको थियो। उनको यो बढुवा सशस्त्र प्रहरी संगठनको निष्ठा, अनुशासन र कार्यदक्षताको कदरको स्पष्ट सन्देश पनि हो । सशस्त्र प्रहरी बलको नेतृत्व संरचनामा निडर, निष्ठावान् र दूरदृष्टि सम्पन्न कमाण्डरको रूपमा चिनिछन् गणेश ठाडा मगर। उनको बढुवा सशस्त्र प्रहरी संगठनभित्र योग्यता, अनुशासन र कार्यदक्षताको सम्मान गरिएको स्पष्ट संकेतको रूपमा लिइएको छ।ठाडा मगरले नेतृत्व गरेका छिन्नमस्ता बाहिनी (२०७८) र बाग्मती बाहिनी (२०८१) दुबै युनिट देशकै उत्कृष्ट घोषित भएका थिए। अनुभवी तथा वरिष्ठ अधिकृतहरू रहेको प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्नुले उनको रणनीतिक कौशल र प्रेरणादायी नेतृत्व क्षमतालाई प्रमाणित गर्छ।माओवादी द्वन्द्वकालमा दाङ, प्युठान, नुवाकोट र स्याङ्जा जस्ता उच्च जोखिमयुक्त जिल्लाहरूमा अपरेसनल जिम्मेवारी सम्हालेका उनले साहसिक, व्यावसायिक र निडर निर्णय क्षमताको परिचय दिएका थिए। स्थानीय स्तरमा आज पनि उनको सेवा र प्रतिबद्धता प्रति सम्मान कायम छ।
ठाडा मगरले भारत, चीन, इटाली तथा संयुक्त राष्ट्रसंघको विभिन्न रणनीतिक तथा मानवअधिकार तालिमहरू प्राप्त गरेका छन्। उनी एपिएफ कमाण्ड तथा स्टाफ कलेजको प्रमुख प्रशिक्षक समेत रहिसकेका छन्, जसले हालका प्रतिस्पर्धी अधिकृतहरूलाई समेत मार्गदर्शन गरेका छन्।केही समय अगाडि सामाजिक सञ्जालमा व्यक्त भएका आरोपहरूबारे न्यायिक अनुसन्धानले उनलाई निर्दोष ठहर गरेपछि, उनीप्रति उठाइएका आशंका स्वतः खारेज भएका छन्। ईमानदार र अग्रपंक्तिमा खटिने अधिकृतहरू अकसर आलोचनाको केन्द्रमा पर्ने गर्दछन् भन्ने यथार्थ यो प्रकरणले उजागर गर्छ।गणेश ठाडा मगरको बढुवा सशस्त्र प्रहरी संगठनभित्र योग्य, इमानदार र सक्षम अधिकृतहरूको सम्मान भएको संकेत हो। यस निर्णयमार्फत संगठनले नेतृत्वमा क्षमताको कदर गर्दै आएको स्पष्ट सन्देश प्रवाह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij