Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रत्ननगरको चित्रसारी मावीमा असार ३ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको चित्रसारी मावीमा असार ३ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

रत्ननगर,असार २ : व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत सुनिश्चित गर्ने लक्ष्यका साथ रत्ननगर नगरपालिकाको कार्यालय अन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको आयोजनामा यहि असार ३ गते रत्ननगर-८ स्थित चित्रसारी माध्यमिक विद्यालयमा एक दिने घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन गर्ने भएको छ।शिक्षक,कर्मचारी तथा विद्यार्थीहरुमा घटना दर्ताको महत्त्वबारे सचेतना फैलाउन र कानुनी पहिचान सुनिश्चित गर्न नगरपालिकाले सो कार्यक्रम गर्न लागेको हो।

सो कार्यक्रममा जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता महत्त्वपूर्ण व्यक्तिगत घटनाहरूको दर्ताको महत्त्व, प्रक्रिया, कानुनी पहिचान र राज्यबाट प्राप्त हुने सेवासुविधा लगायतका बिषयमा जानकारी दिईनेछ।उक्त कार्यक्रम नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले सहजीकरण गर्नुहुनेछ।

अभियान अन्तर्गत असार पहिलो हप्तामा रत्ननगरका तीन वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम संचालन हुनेछ। जस अन्तर्गत असार १ गते रत्ननगर-१६ स्थित भद्रकाली माध्यमिक विद्यालयमा सम्पन्न भईसकेको छ।त्यस्तै,असार ३ गते रत्ननगर-८ स्थित चित्रसारी माध्यमिक विद्यालय र असार ५ गते रत्ननगर-७ स्थित मालपुर माध्यमिक विद्यालयमा सो कार्यक्रम संचालन गरिने बस्ताकोटिले जानकारी गराउनुभयो।

यस अघि नगरपालिकाको सो शाखाले नगरभित्रका विभिन्न वडामा पुगेर सम्बन्धित टोल विकास संस्थाहरूसँग समन्वय गरी स्थानीयको सक्रिय सहभागितामा घट्ना दर्ता तथा पन्जिकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij