Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

मेघौलीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मेघौलीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन: चितवन जिल्लाको भरतपुर महानगरपालिका-२८ मेघौलीस्थित सेराइ होटल नजिकको राप्ती खोलामा माछा मार्न गएका एक पुरुषलाई गैँडाले आक्रमण गर्दा मृत्यु भएको छ ।आईतवार साँझ करिब ७ बजे ६० वर्षीय जंगे कुमाललाई गैँडाले आक्रमण गरेको थियो । घाइते अवस्थामा रहेका कुमाललाई तत्कालै मेघौली सेराई र प्रहरी टोलीको सहयोगमा उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो ।

तर, उपचारको क्रममा राति ९:०५ बजे को समयमा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी सहायक निरीक्षक विनोद अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij