Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

हेटौँडाको होटलमा यौन व्यवसाय, ५ जना युवती पक्राउ

हेटौँडाको होटलमा यौन व्यवसाय, ५ जना युवती पक्राउ

हेटौंडा : हेटौँडाको एक होटलमा यौन व्यवसाय सञ्चालन भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारी पाँच जना युवतीलाई पक्राउ गरेको छ।

मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–२ स्थित एक होटलमा अनैतिक क्रियाकलाप भइरहेको सूचना पाएपछि छापा मारेको हो। प्रहरीले होटल सञ्चालक र संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका युवतीहरू विभिन्न जिल्लाबाट हेटौँडा आएका हुन्। उनीहरूलाई सार्वजनिक अपराध मुद्दा अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले अनुसार यौन व्यवसायजस्तो अनैतिक कार्यलाई नियन्त्रण गर्न यस्ता अपरेशनहरूलाई अझ कडाइका साथ अगाडि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट