Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

सुदूरपश्चिमका पाँच जिल्लामा आज बाढीको खतरा, महाकाली नदी पनि उर्लिने

सुदूरपश्चिमका पाँच जिल्लामा आज बाढीको खतरा, महाकाली नदी पनि उर्लिने

महेन्द्रनगर : जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा बाढीको खतरा रहेको चेतावनी दिएको छ ।

महाशाखाको बुलेटिनमा सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

यी जिल्लामा बाढी महाशाखाले पहेँलो चेतावनी अर्थात् एल्लो वारेन्ट दिएको छ । बैतडी, दार्चुला, बझाङ, डोटी र डडेलधुरा जिल्लालाई पहेँलो रङ दिएको हो । यसको अर्थ सामान्यभन्दा अलि बढी मध्यम जोखिम छ भन्ने हो ।

यस्तै भोलि आइतबारसम्म कर्णाली र महाकाली नदी तथा तिनका प्रमुख सहायक नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट