चितवन : इच्छाकामना गाउँपालिका–७, उपरदाङगढीमा नेपाली सेनाको श्री नयाँ सवुज गण, भरतपुर चितवनद्वारा निर्माण गरिएको ढुङ्गेधारा एक कार्यक्रमका बीच उद्घाटन तथा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।
उक्त कार्यक्रम इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पृतनापति, मध्य पृतनाका उप–पृतनापति हरेन्द्र पाठकलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।ढुङ्गेधारा उद्घाटन समारोहमा बोल्दै वक्ताहरूले नेपाली सेनाले स्थानीय विकासमा पुर्ययाएको योगदानको प्रशंसा गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता परियोजनाहरूले समुदायमा प्रत्यक्ष लाभ पुर्ययाउने धारणा राखे।उक्त ढुङ्गेधारा अब इच्छाकामना गाउँपालिकाको स्वामित्वमा रहनेछ। स्थानीयवासीहरूले यसबाट स्वच्छ खानेपानी सेवा पाउने आशा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij