चितवन : भरतपुरमा अटो रिक्साले मनलाग्दी भाडा असुल्ने क्रम अझै रोकिन सकेको छैन। छोटो दुरीको यात्राका लागी सहज र सजिलो मानिने तीन पाङ्ग्रे अटो रिक्सामा चालकहरुले मनलाग्दी भाडा असुल्ने गर्दा सर्वसाधरण यात्रु मर्कामा पर्ने गरेका हुन्। चितवनमा अटोको भाडादर निर्धारण गरे पनि अटो चालकहरुले मनलाग्दी भाडा लिने गरेको समस्या ऐलेसम्म कायमै छ, जसकारण सर्वसाधरणहरु मर्कामा परेका छन् ।अटो रिक्साले मनपरी भाडा असुल्ने गरेको धेरै गुनासो आए पछि जिल्ला प्रशासन कार्यलय चितवनले भाडा दर निर्धारण गरेको थियो ।
गत वैशाख २५ गते प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलज्यूको अध्यक्षतामा बसेको स्थानीय भाडा निर्धारण समितिको बैठकको निर्णय अनुसार जिल्लाको विभिन्न ठाउँमा किलोमिटरको हिसाबले भाडा निर्धारण गरेको थियोे । सो नियम कार्यान्वयन नगर्ने अटो चालकलाई कडा कारवाही गर्ने पनि जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको थियोे ।
चालकहरु उचित भाडादर भन्दा बढि पैसा लिने समस्याले यात्रु हैरान पाएको भरतपुर ११ कि अस्मिता पन्तले गुनासो गरिन्। उनि भन्छीन् ‘तिस रुपैया लाग्ने ठाउँमा सय रुपैयाँ लिन्छन्, भाडा बढी भयो भने उल्टै थर्काउछन् ।’
अनियमित भाडादरका कारण सर्वसाधरणभन्दा विद्यार्थीहरु बढी मारमा परेका छन्। विद्यार्थी सुजन कडेल भन्छन्,‘ अटोको भाडा तोकेको भए पनि लेखेको भन्दा धेरै भाडा लिन्छन् ´।अटो चालकले दिनमाभन्दा बढी साझँ परेको बेलामा मौका छोपेर ठग्ने गरेको उनलेे बताइन् ।
यस्तै अन्य विद्यार्थी पनि सार्वजनिक अप्रयाप्तताका कारण पढाइ खर्चभन्दा अटोलाई तिर्ने भाडाखर्च बढी लाग्ने गरेको गुनासो गर्छन् । खास गरेर यस्तो मनलाग्दी चल्दा पनि संबन्धीत निकाय भने मौन छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोबिन्द पुरी भन्छन् , ´ मलाई पनि धेरै जनाले अटोले मन परि भाडा लिन्छन् भनेर गुनासो गर्नु भएको छ हामी यसलाई ट्रफिक सहितको टोली लिएर अनुगमन गर्छौ´ । निर्धारित गरिएको भन्दा बढी भाडा लिने अटो चालकलाई कारबाहीको दाहेरामा ल्याउने उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी निरिक्षक गायत्रीराज शर्मा भन्छन् , कुन अटोले बढी भाडा लिएको छ त्यसको नम्बर टिपेर हामीलाई खबर गर्नुभयो भने हामी तुरुन्तै कारबाही गर्छौ । दफा १६४/१ मा उल्लेख गरिए अनुसार निर्धारित भाडादर भन्दा बढी भाडा लिएको कसुरमा पहिलो पटक ५०० , दोस्रो पटक १००० , तेस्रो पटक वा सो भन्दाबढी पटक गर्नेलाई १५०० रुपैयाँ जरिवाना लिने गरेको उनले बताए । बढी भाडा लिने ३४ वटा सवारीसाधनको चालकलाई कानुन अनुसार कारबाही गरेको पनि उनले जानकारी दिए ।
केन्द्रीय वसपार्क देखि मालपोत चोक, हुलाक चोक, दुरसञ्चार चोक, विद्युत कार्यालय, चौविसकोठी वा ३ कि.मि. सम्म ३० रुपैया तोकिएको छ भने गोन्द्राङ, भरतपुर अस्पताल, CMC, CMS, बिशालचोक, क्यान्सर अस्पताल गेट वा ३-५ कि.मि. सम्म ५० रुपैया , त्यस्तै पुलचोक, आँपटारी, नारायणघाट वसपार्क, शरदपुर, विकास चोक, गौरिगन्ज, वीसहजारी ताल वा ५-७ कि मि सम्म ७० रुपैयाँ , देवघाट, रामनगर, टाँडी, प्रेमबस्ति, चोकबजार, गितानगर वा ७-१० कि.मि सम्म १०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै चौविसकोठी देखि भरतपुर अस्पताल, CMS, मालपोत चोक, CMC, विरेन्द्र क्याम्पस चोक, पुल्चोक, हाकिमचोक, ब्रिटिस पेन्सन क्याम्प, वा ३ कि.मि. सम्म ३० रुपैया , क्यान्सर अस्पताल गेट (१,२), नारायाणघाट बसपार्क, मुनालचोक, धर्मचोक, ईन्डियन पेन्सन क्याम्प, गोन्द्राङ, आँपटारी, विकास चोक, जेम्स फनपार्क, भोजाड, नौरंगे वा ३-५ कि.मि. सम्म ५०० रुपैयाँ, सानोगढी (ज्ञानेश्वर सा.वन), शिवघाट, देवघाट, रामनगर, टाँडी, प्रेमबस्ति, चोकबजार, गितानगर, रामपुर वा ५-१० कि.मि. सम्म १०० रुपैयाँ तोकिएको छ।
मालपोत चोक देखि चौविसकोठी, जागृति चोक, विशाल चोक, भोजाड, नौरंगे जंगल वा ३ कि.मि. सम्म ३० रुपैया ,आँपटारी, शरदपुर, मुनाल चोक, गोन्द्राङ, आँपटारी वा ३-५ कि.मि. सम्म ५० रुपैयाँ ,विकास चोक, जेम्स फनपार्क गौरिगन्ज, वीसहजारी ताल वा ५-७ कि मि सम्म ७०० रुपैयाँ तोकिएको छ ।
बिरेन्द्र क्याम्पस गेट देखि विशाल चोक, प्रहरी शिक्षालय, भरतपुर अस्पताल, CMC, CMS, चौविसकोठी वा ३ कि.मि. सम्म ३० रुपैयाँ , भोजाड, नौरंगे, आँपटारी, गोन्द्राङ वा ३-५ कि.मि. सम्म ५० रुपैयाँ ,पदमपुर, खोलेसिमल वा ५-१० कि.मि. सम्म १०० रुपैयाँ तोकिएको छ ।
पुल्चोक देखि शहिदचोक, लायन्सचोक,बाह्रघरे, नारायणघाट बसपार्क, आँपटारी वा ३ कि.मि. सम्म ३० रुपैयाँ , रामनगर, गोन्द्राङ वा ६ कि.मि. सम्म ६० रुपैयाँ ,शिवघाट, सानोगढी वा ८ कि.मि. सम्म८० रुपैयाँ तोकिएको छ।
आँपटारी देखि गणेशथान, रामेश्वर मन्दिर, पुलचोक, विशालचोक, शहिदचोक, रामनगर वा ३ कि.मि. सम्म३० रुपैयाँ ,देवघाट, केन्द्रीय बसपार्क, गोन्द्राङ, क्यान्सरगेट ७० रुपैयाँ ,भरतपुर अस्पताल, CMS, CMC, मालपोत चोक, लायन्स चोक ५० रुपैयाँ तोकिएको छ।
शहिदचोक देखि पुलचोक, बेलचोक, CMC, CMS, भरतपुर हस्पिटल वा ३ कि.मि. सम्म ३० रुपैयाँ , धर्मचोक, आँपटारी, क्यान्सर अस्पताल गेट, शरदपुर, जेम्स फन पार्क वा ७ कि.मि. सम्म ७० रुपैयाँ तोकिएको छ।
चितवनमा अहिले तीन हजारभन्दा बढी अटोरिक्सा चल्ने गरेका छन् ।यति ठुलो संख्यामा अटो रिक्सा भएपनि मनपरि भाडादरले सर्वसाधरण मर्कामा परेका छन् । यस्तो मनलाग्दी नियन्त्रणमा सम्बन्धित निकायले समयमै कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij