चितवन : चितवनमा भारतबाट नेपाल भ्रमणमा आएका एक वृद्धको मृत्यु भएको छ। भारतको गुजरातबाट नेपाल भ्रमणमा आएका ६२ वर्षीय मन्जन भाई बागा भाई बुवाको मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या आएपछि उनलाई आफन्तले इच्छाकामना आधारभूत अस्पताल पुयाएका थिए। त्यहाँ उपचार गर्ने क्रममा उनको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।सरकारी अस्पताल भरतपुरमा पोस्टमार्टम गरेपछि आफन्तले उनकाे शव घर लगेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij