Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

कालिकामा तामाङ राष्ट्रिय मुक्ति मोर्चाको नगरसमिति गठन

कालिकामा तामाङ राष्ट्रिय मुक्ति मोर्चाको नगरसमिति गठन

चितवन : कालिका नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल कालिका नगरसमितिको अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले भीमबहादुर तमाङको अध्यक्षताका १५ सदस्यीय नगरसमिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा मीनबहादुर तामाङ सचिवमा साजन तामाङ, सहसचिवमा अष्टबहादुर पाख्रिन र कोषाध्यक्षमा विमला वाइवा रहेका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अर्जुन पाठकले वर्तमान सरकार जनविरोधी रहेको र भष्ट्राचारीको सरकार भएको आरोप लगाए । उनले भष्ट्राचारीहरुको फाइल खोल्न थालेपछि छट्पटीमा रहेका नेकपा (एमाले) र नेपाली काग्रेस मिलेर वर्तमान सरकार वनेको उनले दावी गरे ।

नगर अधिवेशनलाई सम्वोधन गर्दै कालिका–३ का वडाध्यक्ष एवम् पार्टीका कालिका नगरउपाध्यक्ष वीरेन्द्र तमाङले आगामी निर्वाचनमा कालिका माओवादीमय हुने दावी गरे । उनले अघिल्लो कार्यकाल र यो कार्यकालमा वडामा भएका गतिविधिले नै जनतामा छर्लङ भएको बताउँदै परिवर्तन र विकासको लागि माओवादीको नेतृत्व नै आजको आवश्यकता रहेको बताए ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चाकी बागमती प्रदेश सहसंयोजक एवम् पार्टी नगरअध्यक्ष सविता लामाले आगामी निर्वाचनमा माओवादीप्रति लहर आउने बताइन् । वर्तमान सरकारको काम गराई देखेर नेपाली जनतामा निराशा पैदा भएको बताइन् ।

जनजातिका छोरा वडादेखि मुख्यमन्त्रीसमेत हुन पाउने व्यवस्था माओवादीकै कारण भएको बताउँदै आगामी निर्वाचनको तयारीमा जुट्नपर्ने तामाङ राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला संयोजक सन्देश घलानले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij