Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

माडीको बाँदरमुढे घटनाको दुई दशक : प्रचण्डले गरेको सहमति भएन पुरा

माडीको बाँदरमुढे घटनाको दुई दशक : प्रचण्डले गरेको सहमति भएन पुरा

चितवन : तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र जनयुद्धको समयमा माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विष्फोटको घटना भएको दुई दशक पुरा भएको छ ।वि.सं. २०६२ साल जेठ २३ गते बिहान करीब ८ बजेको समयमा खचाखच यात्रुहरु बोकेर बगहीँबाट नारायणगढका लागि गुडिरहेको यात्रुबाहक बस विस्फोटमा पर्दा घटनास्थलमै ३८ जनाको ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए ।

घटनामा घाइते भएका थप ४ जनाको समयक्रममा मृत्यु भइसकेको छ । घटना भएको एक बर्षपछि मृतकका परिवार र घाइतेहरु बाँदरमुढे घटना पीडित समिति गठन गरी न्यायको खोजी गरिआएका छन् । पीडित परिवारको आक्रोश र पीडा अझै शान्त भएको छैन ।

यसैबिच, तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत संसदीय निर्वाचनको समयमा पीडित पक्षसंग गर्नुभएको सहमती पूर्णरुपमा लागु हुन पनि सकेको छैन । २०७४ मंसिर १७ गते भएको सहमतीमा मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ती र बालबालिकालाई निःशुल्क शिक्षा दिने लगायतका सहमती भएको थियो ।स्वदेश एफ एमको सहयोगमा

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij