Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अर्किड स्कुलका विद्यार्थीद्वारा सरसफाइ

अर्किड स्कुलका विद्यार्थीद्वारा सरसफाइ

भरतपुर : अर्किड स्कुल भरतपुर–१० ले विश्व वातावरण दिवसको अवसरमा राजमार्गछेउ र बीसहजारी ताल क्षेत्रवरवर सरसफाइ गरेको छ। विद्यालयमा रहेको इको क्लबले भरतपुरपूर्वमा रहेको महानगर गेटदेखि वरण्डाभार क्षेत्रवरपर राजमार्ग छेउछाउमा सरसफाइ गरेको हो ।

कार्यक्रममा शिक्षक, कर्मचारी, सुरक्षाकर्मीसहित छात्रछात्राहरूले राजमार्गमा व्यानरसहित फोहरमैला संकलन तथा व्यवस्थापन गरेका थिए यसैगरी, विद्यालयमा नै रहेको स्काउट समूहले बीसहजारी ताल क्षेत्रवरपर रहेको जलकुम्भी झारलाई पन्छाइ सरसफाइ गरेका थिए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख अमित भुसालका अनुसार अर्किड माविले प्रत्येक वर्ष विविध कार्यक्रम आयोजना गरी धार्मिक, प्राकृतिक सम्पदाको सरसफाइ तथा संरक्षणको लागि कार्य गर्दै आएकोमा यसवर्ष राजमार्ग सरसफाइ र बीसहजारी क्षेत्र संरक्षणसम्बन्धी कार्य गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij