चितवन : योङ्ग कम्यूनिष्ट लिग(वाइसिएल) नेपाल भरतपुरका इन्चार्ज दिपेन्द्र पण्डितमाथि संघातिक आक्रमण गर्ने विरुद्ध कानुनी कारबाही गर्न वाइसियल चितवनले माग गरेका छन् । वाइसिएल चितवनका संयोजक दुर्लभ शाहीले आज एक प्रेस वक्तव्य जारी गर्दै फोन कल मार्फत गालीगलौज तथा धम्कीपूर्ण भाषा प्रयोग गरि केहि उच्छ्रृङ्खल व्यक्तिहरुले निजि निवासमै आई सांघातिक आक्रमणको प्रयास भएको घटनाको घोर भत्र्सना गरेका हुन । साथै आफुहरुको संयमताको बाध टुट्नुअगावै उक्त घटनामा संलग्नहरुलाई अविलम्ब कानुनी कारबाही गर्न माग गरेका छन् ।