चितवन : सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बिरोधमा कमेन्ट गरेको भन्दै गरेको भन्दै जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीले भरतपुर महानगर खेलकुद बिकास समितिका सदस्य दिपेन्द्र पण्डितलाई गालीगलौज गर्दै धम्की दिएका छन् । विगतमा यातायात क्षेत्रमा रहेर कार्कीले गुण्डागर्दी शैली पटक-पटक प्रहरीको पक्राउ पर्दै आएका थिए ।
फेसबुक स्टाटसमा कमेन्ट गरेकै भरमा उनले रातको साढे १० बजे फोन गर्दै सुन्नै नसक्ने गरि अपशब्द प्रयोग गरी दिपेन्द्रलाई धम्की दिएका हुन् । दिपेन्द्रले भने आफुले राजन कार्कीविरुद्ध कुनै स्टाटस तथा कमेन्ट नगरेको बताए । उनले आफुले उनिविरुद्ध स्टाटस नलेखेको भनको तर आम मान्छेले सुन्नै नसक्ने शब्द प्रयोग गर्दै झन बढी उत्तेजनामा आएर गालिगलौज गर्दै धम्की समेत दिएको बताए । फोनमा धम्की दिएको १ ५÷२० मिनेट पछि आफ्नो घरमा आएर केही अपरिचित ब्यक्तिले ढुङ्गा समेत गरेको उनले बताए ।
मैले तपाईको बारेमा स्टाटस लेखेको छैन भन्दाभन्दै सुन्ने नसकिने अपशब्द प्रयोग गरि मलाई राजन दाइले धम्की दिनुभयो उने भने– त्यसको १५÷२० मिनेटपछि अपरिचित व्यक्तिले आएर घरमा ढुङ्गामुढासमेत गरे । अध्यक्षबाटै असुरक्षित हुनुपर्ने अवस्था रहेको उनले बताए । आफूलाई असुरक्षित भएको महसुस हुदा महानगर खेलकुद बिकास समितीका अध्यक्ष बिकास श्रेष्ठको रोहबरमा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएको उनले बताए ।
घटनाका बिषयमा महानगर खेलकुद बिकास समितीका अध्यक्ष बिकास श्रेष्ठले खेल भनेको अनुशासन हो खेलकुद बिकास समितिको अध्यक्षबाट यस्ता खालका अपशब्द प्रयोग गरि गालिगलोज गर्दै धम्की आउनु अत्यन्तै दुखलाग्दो कुरा रहेको बताए । सामाजिक संजालमा आउने सानातिना बिषय बस्तुलाइ लिएर धम्किपुर्ण भाषा प्रयोग हुनु राम्रो नभएको अध्यक्ष श्रेष्ठको भनाई छ ।