चितवन: सौराहामा डुङ्गा सफारी गर्ने क्रममा एक भारतीयको मृत्यु भएको छ।आज बिहान करिब ७ बजे डुङ्गा सफारी गर्ने क्रममा बर्ष ७५ को सुदाखर रामदास कुलकढीले एक्कासी छाँती दुखेको भनि उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुरमा ल्याएको थियो।
उपचारको क्रममा निजको बिहान १०:५४ बजे डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।उनी श्रीमती सुनन्दा सुदाकर कुलकढी समेत चितवन रत्ननगर ७ स्थित अर्थ फलाइज होटलमा बास बसेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij