चितवन, सौराहा : बर्ड एजुकेसन सोसाइटी, सौराहाको आयोजनामा शनिबार चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रअन्तर्गत मूल खोलामा एक दिने पक्षी अवलोकन तथा तथ्याङ्क संकलन कार्यक्रम सम्पन्न भएको छ।साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको नियमित कार्यक्रम अन्तर्गत आयोजित सो अवलोकन कार्यक्रम निकुञ्जको स्वीकृति र नेचर गाइड एशोसिएसनको सहकार्यमा सञ्चालन गरिएको थियो।

कार्यक्रममा बर्ड एजुकेसन सोसाइटी, नेचर गाइड एशोसिएसनका सदस्यहरू र चराप्रेमी गरी २३ जनाको सहभागिता रहेको थियो। सहभागीहरूले झण्डै १४ किलोमिटरको दूरीमा पैदल हिँड्दै पक्षी, स्तनधारी जनावर, पुतली तथा वनस्पतिको अवलोकन र तथ्याङ्क संकलन गरेका थिए।

बर्ड एजुकेसन सोसाइटीका सचिव प्रकाश चापागाईंका अनुसार सो अवधिमा ८५ भन्दा बढी प्रजातिका पक्षी, ७ प्रजातिका स्तनधारी, ४१ प्रजातिका पुतली तथा करिब १०० प्रजातिका वनस्पति रेकर्ड गरिएको छ।यस किसिमको कार्यक्रमले जैविक विविधताको अभिलेखिकरणमा मात्र नभई संरक्षण र सचेतनामा समेत टेवा पुग्ने सोसाइटीले विश्वास लिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij