चितवन : विद्युत व्यवसायी संघ चितवनले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै, रत्ननतर–१५ माधवपुरमा रहेको निशुल्क दिपज्योती क्रियापुत्रि भवनलाई विद्युतीय सामग्री वितरण गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष बामदेब शर्मा घिमिरेले संस्थाको सुरुवातदेखि अहिलेसम्मको यात्रा बारेमा जानकारी दिदै सामुदायिक सेवामा योगदान पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गरे ।कार्यक्रमका बिशिष्ट अतिथि नेपाल बिद्युतिय महासंघका तृतीय उपाध्यक्ष लेखनाथ सापकोटाले संस्थाको क्रियाशीलता र विद्युत् व्यवसायीको योगदानको सराहना गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढ्न सुझाव दिए ।
कार्यक्रममा बोल्दै निशुल्क दिपज्योती क्रियापुत्रि भवनका संरक्षक ठाकुर प्रसाद पन्त, वर्तमान अध्यक्ष ठाकुर प्रसाद खरालले आफ्नो संस्था सामाजिक उत्तरदायित्व र सेवामूलक अभियानका रूपमा अगाडी बढेको बताउदै बिभिन्न सामाजिक संस्थाहरुको आफुहरुलाई सहकार्य गर्न आवश्यक रहेको बताए । सो कार्यक्रमको सभापति तथा संस्थाका वर्तमान अध्यक्ष बिष्णु प्रसाद चालिसेले मन्तव्य राख्दै आफ्नो संस्था सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध भएर लागि रहने बताए । संस्थाका कोषाध्यक्ष परमेश्वर भट्टराईको संयोजनमा सञ्चालित सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव नारायण वंसीले गरेका थिए ।कार्यक्रममा दुवै संस्थाका कार्यसमितिका पदाधिकारी, सदस्य, स्थानीय बासिन्दा, सामाजिक कार्यकर्ता, व्यवसायी, पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij