चितवन : गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।भरतपुर अस्पतालमा रहेका करिब १०० बिरामीलाई फलफुल र पौष्टिक आहार हस्तान्तरण गरी गणतन्त्र दिवस मनाइएको संघका अध्यक्ष राम कार्कीले जानकारी दिए ।
कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य शंकर अधिकारी, विशिष्ट अतिथिहरु नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य एवम् महानगर ईन्चार्ज रामप्रसाद न्यौपाने, पार्टी जिल्ला सचिव प्रकाश ढुंगाना, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरु अमृता भट्टराई, युवा संघका जिल्ला अध्यक्ष झलकराज भट्ट, निवर्तमान केन्द्रीय सदस्य शिव ढकाल, संगठनका बागमती प्रदेश कमिटी सदस्य एवम् महानगर ईन्चार्ज कृष्णप्रसाद अधिकारी, रोजिना भट्टराई एवम् पार्टी तथा संघका जिल्ला एवम् महानगर कमिटीका नेताहरुको उपस्थिति रहेको थियो ।
चितवन जिल्लामा महानगरले जस्तै राप्ती नगर कमिटीले विपन्नलाई आर्थिक सहयोग, खैरहनी नगर कमिटी लगायत सम्पूर्ण पालिका कमिटीहरुमा दीप प्रज्जवलन गरी गणतन्त्र दिवस मनाउने कार्यक्रम रहेको चितवन जिल्ला सचिव उत्तम सेढाईले जानकारी दिए ।






© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij