Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सौराहा चोकमा ‘काठमाडौं रेस्टुरेन्ट एण्ड ढिडो हाउस’को भव्य उद्घाटन हुँदै

सौराहा चोकमा ‘काठमाडौं रेस्टुरेन्ट एण्ड ढिडो हाउस’को भव्य उद्घाटन हुँदै

रत्ननगर : पूर्वी चितवनको रत्ननगर, सौराहा चोकमा काठमाडौं रेस्टुरेन्ट एण्ड ढिडो हाउसको संचालनमा आउने भएको छ । उक्त रेस्टुरेन्ट को उद्घाटन जेष्ठ १६ गते शुक्रबारका दिन भव्य रुपमा गरिदैछ । पर्यटकीय नगरी सौराहाको मुख्य प्रवेशद्वारमा रहेको यो रेस्टुरेन्टले ढिडो पारखीहरूलाई लक्षित गर्दै स्थानीय स्वाद र आतिथ्यतामार्फत पाहुनालाई आकर्षित गर्ने लक्ष्य राखेको छ।

रेस्टुरेन्टका सञ्चालक सनम महतले सौराहालाई खानामार्फत चिनाउने र युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो व्यवसाय सुरु गरिएको बताए। “हामीले पर्यटक र स्थानीय दुवैका लागि पारिवारिक वातावरणमा स्वादिष्ट खाना प्रदान गर्ने लक्ष्य राखेका छौँ,” उनले भने। “उद्घाटन समारोहलाई विशेष बनाउन पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित कलाकारहरूको सहभागिता रहनेछ।”

रेस्टुरेन्टको मेनुमा ढिडोसहित नास्ता सेट, किमा नुडल्स,मःम,कोरियन किमा नुडल्स, लाफिङ र अन्य लोकप्रिय परिकारहरू समावेश छन्। करिब ६० लाख लगानीमा स्थापना भएको यो रेस्टुरेन्टले सौराहाको पर्यटकीय आकर्षणलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।उद्घाटन समारोहमा चर्चित कलाकारहरूको उपस्थितिले सौराहाको यो नयाँ गन्तव्यलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ। सौराहा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि यो रेस्टुरेन्ट नयाँ स्वाद र अनुभवको केन्द्र बन्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij