Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनमा ईच्छुक स्मृति दिवस

चितवनमा ईच्छुक स्मृति दिवस

चितवत : चितवनमा मंगलवार पत्रकार एवं साहित्यकार कृष्ण सेन ईच्छुकको संझनामा छुट्टा छुट्टै तीनवटा कार्यक्रम सम्पन्न भए । प्रेस सेन्टर नेपाल चितवन शाखाले मंगलवार साँझ भरतपुर १० चौविसकोठीमा दीप प्रज्ज्वलन गरि २३ औं इच्छुक स्मृति दिवस मनाएको हो । त्यस्तै प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीले इच्छुक स्मृति दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न गरेको छ । मंगलवार नै जन पत्रकार संगठन ले पनि इच्छुक स्मृतिमा वर्तमान समयमा सूचनाको हक र प्रेस स्वतन्त्रताको अवस्था बारेमा अन्तरक्रिया र साँझ दिवावलीसमेत गरेको छ ।प्रेस सेन्टर नेपाल चितवन शाखा र महानगर कमिटी दुबैले आयोजना गरेको कार्यक्रममा सेन्टरका केन्द्रीय उपाध्यक्ष शान्ता अधिकारी प्रमुख अतिथि रहेकी थिइन उनले सेनले देखाएको बाटो पत्रकारको साझा मार्ग भएको बताइन ।

ती दुबै कार्यक्रममा सेनका बहु आयामिक व्यक्तित्व र जीवनीबारेमा पत्रकार चिन्तामणि पौडेले जानकारी गराएका थिए ।जिल्ला सम्योजन समितिले आयोजना गरेको कार्यक्रमा नेकपा माओवादी भरतपुर नगरकमिटी अध्यक्ष एवं प्रदेशसभा सदस्य ईश्वर सापकोटा सुमनलगायतले सेनको बारेमा मन्तव्य राखेका थिए ।महानगर कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी चितवनका सह इञ्चार्ज कञ्चन खनाल, महानगर अध्यक्ष सुमन, सहिद स्मृति प्रतिष्ठान चितवनकी अध्यक्ष संगीता भट्टराईलगायत नेपाल पत्रकार महासंघ,पत्रकार सम्वद्ध प्रेस युनियन, प्रेस चौतारी, समाजवादी प्रेस संगठन, जन पत्रकार संगठनलगायतमा संघ सगठनका प्रतिनिधिले आफ्नो मन्तव्य राखेका थिए ।प्रेस सेन्टर जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रम अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो भने, महानगर कमिटीले आयोजना गरेको कार्यक्रम कमिटी अध्यक्ष किशोर सापकोटा र जनपत्रकार संगठनले आयोजना गरेको कार्यक्रम बागमती प्रदेश अध्यक्ष सूर्य बरालको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij