Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

राप्रपा रत्ननगरको शपथग्रहण तथा पद हस्तान्तरण

राप्रपा रत्ननगरको शपथग्रहण तथा पद हस्तान्तरण

रत्ननगर : राष्ट्रिय प्रजातन्त्र पार्टी रत्ननगर नगर समितिको नवनिर्वाचित नेतृत्वलाई पद हस्तान्तरण, शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचनबाट अध्यक्ष पदमा विजयी सन्तोष लामासहित सर्वसम्मत निर्वाचित २० जना नगर सदस्यहरुलाई शपथग्रहण तथा पद हस्तान्तरण गरिएको हो ।पार्टीकी सहमहामन्त्री रीना गुरूङ प्रमुखअतिथि रहेको सो कार्यक्रममा निवर्तमान नगर अध्यक्ष गोविन्द अधिकारीले नवनिर्वाचित अध्यक्ष लामालाई पद हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा पार्टीको नगर समितिको पदाधिकारी चयन गरी सात जना नगर सदस्य मनोनीत गरिएको छ । नगर समितिको अध्यक्षमा लामासहित उपाध्यक्षमा विमला थापा र दिनेश कँडेल, सचिवमा आनन्द सुवेदी, सहसचिवमा सागर उपाध्याय चयन भएका छन् ।नगर सदस्यमा प्रेमनाथ पाठक, नवीन्द्र चौलागाईं, परशुराम लामिछाने, शान्ति अवाल, खेमराज थपलियालाई मनोनीत गरिएको छ ।

नगर समिति सदस्यमा रूद्रप्रसाद ढकाल, मधुवकुमार भट्टराई, राजेन्द्र लामा, दुर्गाकुमारी घिमिरे, आनन्दप्रसाद सुवेदी, हिरालाल खतिवडा, भजुराम महतो, बलराम शर्मा खनाल, हरिप्रसाद अधिकारी, डिल्लीप्रसाद गौतम, हरि गोपाल सिंखडा, बिजेन्द्रराज पाठक, निश्चल तिवारी, राजेश्वर खतिवडा, पार्वतीदेवी मगर, मीना प्रधान महतो, विमला थापा, गणेशजंग रायमाझी, गोविन्दप्रसाद अधिकारी, उर्मिला पासवान सर्वसम्मत चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij