Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चतुर्मुखी सामुदायिक वनमा गैडा मृत फेला

चतुर्मुखी सामुदायिक वनमा गैडा मृत फेला

चितवन : चितवनको कालिका नगरपालिकामा रहेको चतुर्मुखी सामुदायिक वन क्षेत्रमा वयस्क एक सिङ्गे गैडा मृत अवस्थामा फेला परेको छ । एक आपसमा जुधेर घाइते भएपछि मरेको हुन सक्ने सव डिभिजन वन कार्यालय पदमपुरका प्रमुख बालकृष्ण खनालले जानकारी दिनुभयो ।

अन्दाजी सात वर्षको गैडा बिहीबार साँझ मृत फेला पारेको थियो । गैडा मृत अवस्थामा फेला परेपछि वन कार्यालयका टोली घटनास्थल पुगेको थियो । वन कार्यालयका प्रतिनिधि, पशु चिकित्सकलगायत पुगेको थियो । मृत गैडाको खाग खुर सुरक्षित रहेको प्रमुख खनालले जानकारी दिनुभयो । खाग खुर डिभिजन वन कार्यालय भरतपुरमा राखिएको छ । मृतकको कारणबारे पशु चिकित्सकले पोष्टमार्टम कार्य अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij