Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु

चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु

चितवन : चितवनमा चट्याङ लागेर एक जना चेपाङको मृत्यु भएको छ ।इच्छाकामना गाउँपालिका–१ क्याङसिराङमा बुधबार दिउँसो साढे ११ बजेको समयमा बाटोमा हिँडिरहेका बेला अचानक चट्याङ लागेर स्थानीय ५१ वर्षीय बिरु चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

बिरुसँगै हिँडेका उहाँका भतिज ३२ वर्षीय दिलबहादुर चेपाङ सामान्य घाइते भएको खनालले बताउनुभयो ।घटनाको बारेमा स्थानीयले इलाका प्रहरी कार्यालय मुग्लिनमा जानकारी गराएपछि प्रहरीको टोली घटनास्थलतर्फ गएको थियो ।घटनास्थल इलाका प्रहरी कार्यालय मुग्लिनबाट करिब ४५ किलोमिटर टाढा पर्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij