Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

भरतपुरमा वाईसिएलका २२ युवा एमाले प्रवेश

भरतपुरमा वाईसिएलका २२ युवा एमाले प्रवेश

चितवन : नेकपा माओवादीको वाईसिएलमा रहेका २२ युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । भरतपुर १६ का वाईसिएलमा आवद्ध २२ जना युवा मिलन बुढाथोकीको नेतृत्वमा आज एमाले प्रवेश गरेका एमाले चितवनले जनाएको छ ।

भरतपुरको दासढुंगामा आयोजित मदन आश्रित स्मृति सभामा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, संगठन विभाग प्रमुख काशिनाथ अधिकारी र एमाले चितवनका अध्यक्ष कमलराज पाठक लगायतले संयुक्तरुमा वाईसिएलका २२ युवालाई एमालेमा स्वागत गरे ।

एमालेमा स्वागत गर्दै अध्यक्ष पाठकले देशभर एमाले प्रवेश गर्ने लहर नै चलिरहेको बताए । परिवारवाद हाबी भएको माओवादी पार्टीमा आवद्ध भएर कहिँ पनि पुग्न नसिकने बताउँदै अध्यक्ष पाठकले देश बनाउने पार्टी भनेको नेकपा एमाले नै भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij