चितवन : नारायणगढ – मिति २०८०-०२-०२ गते बालकुमारी कलेज, नारायणगढ, चितवनमा “जलवायु परिवर्तन, न्यूनीकरणका उपाय र अनुकूलन” विषयक एकदिवसीय कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। कलेजका प्राचार्य श्री जगदीश्वर खनालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा करीब १०० विद्यार्थीहरू सहभागी थिए।
कार्यक्रमको प्रमुख वक्ताको रूपमा School of Environmental Science & Management (Pokhara University) का प्राचार्य तथा सह-प्राध्यापक अजय भक्त माथेमा रहनुभएको थियो। उहाँले करीब ३ घण्टासम्म जलवायु परिवर्तनले वातावरणमा पार्ने असर, न्यूनीकरणका उपाय र अनुकूलनका विषयमा विस्तृत प्रस्तुति दिनुभयो। कार्यक्रमको सञ्चालन विज्ञान सङ्कायका कार्यक्रम प्रमुख अनुप मुनी बज्राचार्यले गर्नुभएको थियो।
कार्यक्रममा प्राचार्य खनालले जलवायु परिवर्तनले वातावरण र स्वास्थ्यमा पार्ने असरबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्नुपर्ने कुरामा जोड दिनुभयो। त्यस्तै, कलेजका IQCA प्रमुख श्याम सेढाईले फोहोरमैला जलाउँदा वायुमण्डलमा पर्ने असर र यसको न्यूनीकरणका उपायहरूबारे चर्चा गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि प्रमोद श्रेष्ठले हरित अर्थतन्त्र र हस्ती अपार्टमेन्टका विषयमा आफ्नो धारणा राख्नुभयो।वक्ताहरूले जलवायु परिवर्तनले वातावरणमा ल्याएका प्रभाव, वैज्ञानिक जानकारीको महत्त्व र गुणस्तरीय शिक्षाको आवश्यकतामा जोड दिए। कार्यक्रमले विद्यार्थीहरूलाई जलवायु परिवर्तनका चुनौतीहरू र समाधानका उपायहरूबारे सचेत गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij