Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मोरटसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु

मोरटसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु

चितवन : चितवनको भरतपुर महानगरपालिका–१४ नमस्ते चोकमा शनिबार मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।शनिबार दिउँसो १२ः४० बजेको समयमा गितानगरबाट पटिहानीतर्फ जाँदै गरेको बा प्र०३–००३ प २९७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ रोड छेउमा रहेको विजुलीको पोलमा ठोक्किएको थियो ।

विजुलीको पोलमा ठोक्किएर गम्भीर घाइते भएका मोटरसाइकल चालक पर्सा ठोरी गाउँपालिका–१ बस्ने वर्ष ५५ को गम बहादुर कुँवरको शनिबार दिउँसो १ः४० बजे भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij