चितवन : चितवन राष्ट्रिय निकुञ्जले नियम बिपरित काम गरेका मेघौलीका एक नेचर गाइड (प्रकृति पथ प्रदर्शक) को अनुमतिपत्र (लाइसेन्स) एक महिनाको लागि निलम्बन गरेको छ ।निकुञ्जले मेघौली घटगाइ नेचर गाइड एशोसियसनलाइ पत्र पठाउदै नेचर गाइड हरि प्रसाद अधिकारीले पटकपटक नियमबिपरित काम गर्दा सचेत गराउदा पनि अटेरी गरेपछी एक महिनाको लागि अनुमती पत्र निलम्बन गरिएको जनाएको छ । निकुञ्जको गस्ती टोलीले गत वैशाख ३० गते राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनको क्षेत्रमा निषेधित कार्य गरिरहेको अवस्थामा भेटेपछि नेचर गाइड अधिकारीको लाइसेन्स जफत गरेको थियो ।
हरि प्रसाद अधिकारीले पटकपटक नेचरगाइडले पालना गर्नुपर्ने आचरण उलंघन गरेको पाइएकोले एक महिनाको लागि उनको अनुमती पत्र निलम्बन गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । निकुञ्जका अनुसार अधिकारीले जोखिमपूर्ण मानिने राप्ती किनारमा योगा गराउनेलगायतका निषेधित कार्य गराउदै आइरहेका थिए ।हाल मेघौली घटगाइ नेचर गाइड एशोसियसनमा १०० जना नेचर गाइड आवद्ध छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij