Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

उपरदाङगढी र चिसापानी टारमा वर्ड एजुकेशन सोसाईटीले गर्‍यो चरा अवलोकन

उपरदाङगढी र चिसापानी टारमा वर्ड एजुकेशन सोसाईटीले गर्‍यो चरा अवलोकन

चितवन : वर्ड एजुकेशन सोसाईटी चितवनले प्रत्येक शनिवार विभिन्न स्थानहरुमा स्कुलका विद्यार्थी र चरा अवलोक गर्न चाहनेहरुलाई चरा अबलोकन गराउदै आएको छ ।त्यसैलाई निरन्तरता दिदै शुक्रवार र शनिवार दुईदिन चितवनको पर्यटकीय क्षेत्र तथा पुरानो सदरमुकाम उपरदाङगढी र चिसापानी टारमा चरा अवलोकन गरेकोछ ।

उपरदाङगढी र चिसापानी टार अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण पक्षी एरिया साथै तीमध्ये नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर र अन्य दुर्लभ चरा पाईने भएकाले आयोजक वर्ड एजुकेशन सोसाईटी सहित १२ जना सहभागी भएको सोसाईटीका सचिव प्रकाश चापागाईले जानकारी दिए ।

काँडेभ्याकुर चरा सबैभन्दा धेरै पाइने क्षेत्र यही हो । अङ्ग्रेजीमा यस्को नाम स्पाइनी ब्याब्लर हो । काँडेभ्याकुर, हिमालयन पुटिया, रेड फेस लियोसिसिला लगाएत अन्य ९० प्रजातिका चराहरु भेटिएको सोसाईटीका सदस्य शीरलाल परियारले जानकारी दिए । उनले पछिल्लो समय जैविक विविधतामा समस्या आउन थालेको भन्दैसंरक्षणमा सरोकारवाला लाग्नुपर्ने बताए । उनले चराको बासस्थान मासिँदै गएकाले चरा संरक्षणका विषयमा नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने आवश्यक औँल्याए ।यस क्षेत्रमा बारैमासे विभिन्न प्रजातिका चराहरु देख्न पाईने भएकाले यस चरा हेर्न विश्वका विभिन्न देशबाट पंक्षीप्रेमी पर्यटक नेपालमा आउने गरेको उनको भनाई छ ।

पक्षी बिद बद्री चौधरीको नेतृत्वमा नेचरगाईडका अध्यक्ष, सदस्य तथा चरा अवलोकन गर्न मन पराउनेहरुले चरा अवलोकन गरे । सौराहाको होटल पार्क साईडले भने चरा अवलोकनका लागि यातायातको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij