भरतपुर: नेपाल बुद्धिजीवी संगठन चितवनको शनिबार सम्पन्न छैटौं जिल्ला सम्मेलनले प्राध्यापक विनोदखण्ड तिमिल्सेनाको नेतृत्वमा नयाँ समिति सर्वसम्मत रुपमा चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा गोविन्दप्रसाद पौडेल, डा कृष्ण महतो ,प्राडा सुरेन्द्र घिमिरे, सचिवमा गोकर्ण सापकोटा कोषाध्यक्ष सिर्जना ओझा सहसचिवमा हरिप्रसाद रेग्मी र डाअनिल रेग्मी रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा धर्म वस्थाकोटी, हिरा रिमाल, चन्द्रकुमारी गुरुङ ,गोकुल सेडाई, सुर्यनाथ बराल, गोकुल भट्ट, जीवनज्योति बिक ,प्रतिमा अधिकारी, रुक्मणी भण्डारी पौडेल र कलावती पण्डित चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका कार्यालय सदस्य ईश्वरी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज घनश्याम दाहाल अविनाश, स इन्चार्ज कञ्चन खनाल, जिल्ला संयोजक रामचन्द्र अधिकारी, फ्याकसन् इन्चार्ज सुमन बराल, बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य बुद्धि ढुङ्गाना, केदार बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij