रत्ननगर :रत्ननगर वितरण केन्द्रअन्तर्गत विभिन्न स्थानहरूमा हालैको हावाहुरीसहितको वर्षाले विद्युत संरचनामा ठूलो क्षति पुर्याएको छ। प्राकृतिक प्रकोपका कारण बिजुलीका पोलहरू ढल्ने, तारहरू चुँडिने र ट्रान्सफर्मरहरूमा क्षति पुग्ने जस्ता समस्याहरू देखिएका छन्। यद्यपि, कठिन परिस्थितिका बावजुद रत्ननगर वितरण केन्द्रको टोलीले अथक प्रयासका साथ अधिकांश स्थानहरूमा विद्युत सेवा सुचारु गर्न सफल भएको छ।
वितरण केन्द्रका अनुसार, सम्पूर्ण फिडरहरू सहित प्रभावित क्षेत्रका धेरैजसो स्थानमा लाइन सुचारु गरिएको छ। यस कार्यमा खटिएका कर्मचारीहरूको मेहनत र समर्पणको केन्द्रले हार्दिक प्रशंसा गरेको छ। ‘हाम्रा कर्मचारी साथीहरूले रात-दिन नभनी प्रतिकूल मौसम र जोखिमपूर्ण अवस्थामा समेत काम गरेर विद्युत सेवा पुनःस्थापना गरेका छन्। उहाँहरूको यो योगदानप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ वितरण केन्द्र जारी गरेको सुचनामा उल्लेख छ ।
बाँकी क्षेत्रमा लाइन सुचारु गर्न समय लाग्ने
केही स्थानहरूमा भने जटिल क्षतिका कारण लाइन सुचारु गर्न अझै केही समय लाग्ने वितरण केन्द्रले जनाएको छ। विद्युत पोलहरू पूर्णरूपमा भाँचिएको, तारहरूमा ठूलो क्षति पुगेको र पहुँच कठिन भएका क्षेत्रहरूमा मर्मत कार्य जारी छ। केन्द्रले यी स्थानका उपभोक्ताहरूलाई धैर्य र सहयोगको लागि अनुरोध गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij