Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कालिकाको मझवाङका विद्यार्थीहरुलाई मनोसामाजिक परामर्श सम्बन्धी सचेतना

कालिकाको मझवाङका विद्यार्थीहरुलाई मनोसामाजिक परामर्श सम्बन्धी सचेतना

चितवन : कालिका नगरपालिका वडा नं १० र ११ को बीचमा रहेको राष्ट्रिय आधारभूत विद्यालय मझवाङका विद्यार्थीहरुलाई मनोसामाजिक परामर्श तथा स्वास्थ्य जीवन सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ ।

कालिका नगरपालिकाको आर्थिक सहयोगमा नारी जागरण केन्द्र रत्ननगरले आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथि वडा नं १० का वडाध्यक्ष नरजंग प्रजा रहेका थिए । कार्यक्रममा कक्षा ९ र १० का ५० जना विद्यार्थी सहभागी थिए । केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव रत्ननगरका पूर्व अध्यक्ष विष्णु शर्माले प्रशिक्षण दिएका थिए । केन्द्रकी अध्यक्ष खनालले स्थानीय सरकारसंगको सहकार्यमा विद्यार्थी र समुदायलाई मनोसामाजिक परामर्श दिँदै स्वास्थ्य जीवनशैलीका बारेमा आधारभूत ज्ञान दिलाएको बताइन् ।

केन्द्रकी महासचिव सरस्वती लामाले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक फडिन्द्र पनेरुले मन्तव्य राखेका थिए । केन्द्रकी महासचिव लामाले जेठ १ गते कालिका ७ स्थित पृथ्वी माविमा विद्यार्थी र बैशाख ३१ गते रत्ननगर वडा नं १३ वडा कार्यालयमा समुदाय केन्द्रीत मनोसामाजिक परामर्श तथा स्वास्थ्य जीवन सम्बन्धी कार्यक्रम गरिएको जानकारी दिइने । वडा नं ७ का वडाध्यक्ष कमलराज मोक्तान प्रमुख अतिथि रहेको पृथ्वी माविमा आयोजित कार्यक्रममा १५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष अमृत लामिछाने र प्रधानाध्यापक सुर्यभक्त अधिकारीले मन्तव्य राखेका थिए । केन्द्रकी महासचिव सरस्वती लामाले सञ्चालन गरेको उक्त कार्यक्रममा विष्णु शर्माले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij