Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्यारागन सेकेन्डरी स्कुलका विद्यार्थीले गरे चरा अबलोकन

प्यारागन सेकेन्डरी स्कुलका विद्यार्थीले गरे चरा अबलोकन

रत्ननगर : 'बुक फ्रि डे' अन्तर्गत रत्ननगर- १० मा रहेको प्यारागन सेकेन्डरी स्कुलमा अध्ययनरत कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई वर्ड एजुकेशन सोसाईटीले बुधवार बिसहजारी ताल र भरतपुर महानगरको बाटुली पोखरीमा चरा अबलोकन गराएकोछ ।

चरा मार्न हुँदैन, चरा संरक्षण गर्नुपर्छ भन्ने उद्धेश्यले वर्ड एजुकेशन सोसाईटीले बुधवार विद्यार्थीहरूलाई चरा अवलोकन गराएको हो । वर्ड एजुकेशन सोसाईटीले हरेक शनिवार फरक फरक स्थानमा चराहरु अबलोकन गराउदै आइकोछ । विभिन्न विद्यालयहरुमा पुगी सोसाईटीले चरा संरक्षण सम्बन्धी सचेतना फैलाउदै आएको छ ।

गत वर्षदेखि प्रत्यक महिनाको अन्तयमा नर्शरी देखि कक्षा १० सम्मका विद्यार्थीलाई 'बुक फ्रि डे' गराउदै आएको प्यारागन बिद्यालयले सोही अन्तर्गत यो वर्षको पहिलो कार्यक्रम अन्तर्गत बिसहजारी ताल र बाटुली पोखरीमा चरा अबलोकन गराईएको बिद्यालयका सह-प्राचार्य ओम राज आचार्यले जानकारी दिए ।

चरा अवलोकन गराए पश्चता नेचर गाईडहरुले देखिएको चराहरुको लिष्ट उपलव्ध गराएको सोसाईटीका सदस्य शीरलाल परियारले जानकारी दिए । अब आउने शनिवार वर्ड एजुकेशन सोसाईटीले चितवनको उपरदाङगढीमा चरा अवलेकन गराउने कार्यक्रम रहेको उनले बताए ।वर्ड एजुकेशन सोसाईटीका सचिव प्रकाश चापागाई, कोषाध्यक्ष चन्द्रमणी गौली, सदस्य शीरलाल परियार, दिपक चौधरी लगाएतले विद्यार्थीहरुलाई चरा अवलोकन गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij