काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ ६ बजे बस्ने गरि मन्त्रीपरिषद् बैठक बोलाएका हुन् । बैठक सिंहदरबारमा बस्नेछ । यो मन्त्रीपरिषद्को नियमित बैठक हो ।
मन्त्रीपरिषद्को नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर त्यस दिन सार्वजनिक बिदा परेका बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ । गभर्नरमा विश्व पौडेलको नाम चर्चामा छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij