Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनको खैरहनीमा धारिलो हतियार प्रयोगगरी कुटपिट ,तीनजना घाइते

चितवनको खैरहनीमा धारिलो हतियार प्रयोगगरी कुटपिट ,तीनजना घाइते

चितवन : चितवनको खैरहनी न.पा. ८ स्थित आहार क्याफेमा खाजा खाइरहेका व्यक्तिहरूलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गरिएको छ। घटनामा गम्भीर घाइते भएका व्यक्तिहरूको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ।

इलाका प्रहरी कार्यालय खैरहनीको टोली घटनास्थलमा पुगेपछि कुटपिट गर्नेमध्येका केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइनेहरूमा मिलन रुम्बा र विशाल लामा रहेकाे चितवन प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ । ।

घाइतेहरुको विवरण: 1. दिपेन्द्र सिंह गोले (२८ वर्ष) – गम्भीर चोट 2. गणेश लामा (२८ वर्ष) – मध्यम चोट 3. अमृत आचार्य (२७ वर्ष) – सामान्य चोट

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij