Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

जसपा नेपालको चितवन जिल्ला अधिवेशन सोमबार हुने

जसपा नेपालको चितवन जिल्ला अधिवेशन सोमबार हुने

चितवनमा भोली सोमबार जनता समाजवादी पार्टी जसपाको अधिवेशन हुने भएको छ । भरतपुर १० स्थित सप्तगण्डकी कलेजमा समाजवादी पार्टीको प्रथम जिल्ला अधिवेशन हुने भएको हो । ५१ सदस्यिय कार्यसमिती चयन गर्ने गरी अधिवेशन हुन लागेको हो । बिहान ११ बजे कार्यक्रमको उद्घाटन हुने छ । उद्घाटनपछि बन्दसत्र सुरु हुने पार्टीका केन्द्रिय कार्यकारी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज तारा विस्वकर्माले बताए ।त्यसपछि अधिवेशन गरिने उनले बताए । सकेसम्म सर्वसम्मत गर्ने तयारी भएको उनको भनाई छ । सर्वसम्मत हुन नसकेमा चुनावी प्रकृयामा जाने उनले बताए ।

अधिवेशनका लागि जनता समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष बिद्युत बज्राचार्य, महासचिव रामकुमार शर्मा, जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जीवन लामा, ताम्सालिङ राष्ट्रिय समितिका अध्यक्ष ज्ञानु लामा, छिमेकी जिल्लाका अध्यक्षहरु, निर्वाचन आयुक्तहरु, आउने तयारी भएको पार्टीका चितवन जिल्ला संयोजक अनुज जोशीले बताए ।

पार्टीले चितवनका स्थानीयपालिका र वडामा संगठन निर्माण र बिस्तार गरिसकेको जोशीले बताए । चितवनमा जसपाका ७३५ जना साधारण सदस्य रहेका छन् । जसपाले चितवन लगायत देशैभरका जिल्लाहरुमा एकैसाथ प्रथम अधिवेशन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij