Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेपाल कुखुरा व्यवसायी मञ्चको पोल्ट्री डायरी विमोचन

नेपाल कुखुरा व्यवसायी मञ्चको पोल्ट्री डायरी विमोचन

रत्ननगर : नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा नयाँ वर्षको अवसरमा प्रकाशित पोल्ट्री डायरी–२०८२ को विमोचन रत्ननगरमा सम्पन्न भएको छ ।मञ्चका अध्यक्ष रघुनाथ भट्टको सभापतित्व र मञ्चका पूर्वअध्यक्ष ऋषिराम पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मञ्चका अध्यक्ष भट्टले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले पोल्ट्रीको वर्तमान अवस्था, संघसंस्थाहरुको भूमिका, डायरी प्रकाशनको माध्यमबाट देशभरका व्यवसायीहरु र अन्तर्राष्ट्रियरूपमा समेत समन्वय भएको बताए ।कार्यक्रमका प्रमुखअतिथि मञ्चका पूर्वअध्यक्ष ऋषिराम पौडेलले पोल्ट्रीको वर्तमान अवस्था, मञ्चले स्थापनाकालदेखि खेल्दै आएको भूमिकाका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने, नेपाल लेयर्स कुखुरापालक सघका अध्यक्ष विनोद पोखरेल, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी सघका अध्यक्ष महेश्वर पोखरेलको उपस्थिति रहेको थियो ।कार्यक्रममा मञ्चका महासचिव एवम् डायरी प्रकाशन समितिका संयोजक ज्ञानवहादुर बिसुरालले डायरी प्रकाशनका बिबिध पक्षमा प्रकाश पार्दै सबैलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।कार्यक्रममा मञ्चका कार्यसमिति, पोल्ट्री क्षेत्रका संघसंस्थाका पदाधिकारीहरु, सचिवालयका कर्मचारीहरुको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij