चितवन : चितवनका अटोमोबाइल्स व्यवसायीको टोलीले विभिन्न स्थानमा मोटरसाइकल यात्रा गर्ने भएको छ । अटोमोबाइल्स व्यवसायीको टोलीले आउँदो जेष्ठ १४ गतेबाट ४ दिनसम्म अवलोकन भ्रमण गर्ने तयारी गरेका छन् ।
हिमालयन राइडर्सको व्यवस्थापनमा पर्यटन प्रवर्द्धनका लागि गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न ऐतिहासिक, पर्यटकीय तथा धार्मिक क्षेत्रमा मोटरसाइकलमार्फत टोलीले अवलोकन गर्ने जनाइएको छ । टोलीले रुकुम पूर्वको हजारौं वर्ष पूरानो टकसेरा गाउँलाई मुख्य गन्तव्यसहित गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा अवलोकन गर्ने र त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनेछन् ।
नारायणगढदेखि पोखरा, बाग्लुुङ हुँदै मध्यपहाडी लोकमार्गलाई पछ्याउँदै घोडाबाने, गलकोट दरवार, बुर्तिवाङ बजार, पातिहाल्ने भञ्ज्याङ, चौरीखर्क, महतगाउँ, रूकुमकोट, टकसेरा, वामिटक्सार, पवित्र स्थल रिडी, प्रेमको प्रतीक रानीमहल, अवलोकन गर्दै कालीगण्डकी करिडोर हुँदै चितवन आएपछि यात्रा समापन हुने टोलीले जनाएको छ ।

एक्ल्पोरिङ रुकुम टाइटलका साथ आयोजना हुने यात्रामा संस्थागत सहयोगीमा लायन्स क्लब अप चितवन अटोमोबाइल्स, मिडिया पार्टनरमा आर्थिक आवाज र टेक्निकल पार्टनरमा लक्की मोटरसाइकल वर्कशप रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij