Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनमा गुडिरहेको बसमा अचानक आगलागी

चितवनमा गुडिरहेको बसमा अचानक आगलागी

चितवन : चितवनमा गुडिरहेको बसमा अचानक आगलागी भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१६ कयरखोलास्थित भित्री सडक खण्डमा गए राति बा.प्र.०६–००१ ख ०१८८ नम्बरको बसमा आगलागी भएको हो । सो बसमा पर्साबाट पिठुवातर्फ आइरहेको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पिठुवाबाट प्रहरी निरीक्षक तारकेश्वर राईको नेतृत्वमा टोली खटिएको थियो । स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा खैरहनी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।घटनामा मानवीय क्षति नभए पनि बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बसमा आगलागी हुनुको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij