Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

मधेश प्रदेशका नयाँ डिआईजी चतुर्वेदीले सम्हाले कार्यभार

मधेश प्रदेशका नयाँ डिआईजी चतुर्वेदीले सम्हाले कार्यभार

काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।तत्कालिन मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि आचार्य प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि उनको ठाउँमा चतुर्वेदीलाई जिम्मेवारी दिइएको हो ।

डिआईजी चतुर्वेदीले जनकपुर पुगेर आजदेखि नै प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् । उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक चतुर्वेदीले मधेस प्रदेशको वस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिएका थिए ।

त्यसपश्चात उनले प्रदेश कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार गर्न निर्देशन दिए ।

मधेस प्रदेश अति संवेदनशिल प्रदेश हो । त्यसैले प्रहरीभित्र अब्बल कमाण्ड क्षमता भएका चतुर्वेदीलाई गृहमन्त्री रमेश लेखक र संगठन प्रमुख दिपक थापाले मधेस प्रदेशको जिम्मेवारी दिएर पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट