Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

तीनकुने घटना : मिश्र र प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि अदालत लगियो

तीनकुने घटना : मिश्र र प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि अदालत लगियो

काठमाडौँ : तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ परेका रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको छ । सो मुद्दामा अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा भएका थिए ।

उक्त घटनामा राज्य विरुद्धको कसुरमा पुस्कर खतिवडा, गोपाल मल्ल, मुनिन्द्रराज भण्डारी, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुकमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुली, तेजेन्द्र रायमाझी, सन्तोष कुमार सिलवाल, सरोज गौतम, गोकर्ण शाही र दुर्गा प्रसाईंका सहयोगी दीपक खड्का लगायत २४ जना छन् ।

उनीहरुलाई सातौँपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । म्याद थपका लागि अदालतमा उपस्थित गराइएकोमा सुनुवाइ जारी रहेको र सुनुवाइपछि म्याद थप गर्ने वा अन्य आदेश हुने अदालतका शाखा अधिकृत हेमन्त भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट