Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

लेखकहरू विचार उत्पादनका केन्द्र हुन् : राष्ट्रपति पौडेल

लेखकहरू विचार उत्पादनका केन्द्र हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले लेखकहरू विचार उत्पादनका केन्द्रहरू भएको बताउँदै हरेक स्रष्टाले आफ्नो सिर्जनाका माध्यमबाट नविन चिन्तन गरिरहने उल्लेख गरेका छन् । नेपाली लेखक संघको नवनिर्वाचित केन्द्रीय कार्य समितिलाई राष्ट्रपति कार्यालयमा बुधबार आयोजित बधाई तथा शुभकामना दिँदै राष्ट्रपति पौडेलले लेखक स्वयंमा सत्ता, संगठन र विचार सहितको अभियान भएको बताए ।

देशभरका ३ सय १ प्रतिनिधि सहभागी संघको चैत १६ र १७ गते लुम्बिनीमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशनले वियोगी बुढाथोकीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको थियो । उक्त नवनिर्वाचित कार्य समितिलाई राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिएका हुन् । ‘यस्तो गरिमामय नेपाली लेखक संघको नवनिवार्चित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु’, राष्ट्रपति पौडेलको भनाइ छ ।

कार्यक्रममा नेपाली लेखक संघको नवनिर्वाचित केन्द्रीय कार्य समितिका अध्यक्ष वियोगी बुढाथोकी, सहअध्यक्ष मनोज न्यौपाने, उपाध्यक्षहरु डा. शशी थापा पण्डित, डा. विष्णु केसी, उपमहासचिव नारायण सापकोटा केन्द्रिय सदस्यहरु महेन्द्र वाग्ले, इन्द्र लम्साल, सन्तोष बोहरा, शोभा अधिकारी, इन्दिरा निरौला, राजन बस्नेतसँगै संघका सल्लाहकारहरु ड.विष्णुविभु घिमिरे ,सन्ध्या पहाडी, शेखर गिरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट