Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

भरतपुरमा कार र मोटरसाइकल आपसमा ठोक्किदा दुई जना घाइते

भरतपुरमा कार र मोटरसाइकल आपसमा ठोक्किदा दुई जना घाइते

चितवन : भरतपुर महानगरपालिका–१० दिपेन्द्र चोकमा कार र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

बुधबार राति १०ः५० बजेको समयमा बिक्रम मार्ग ओरालोबाट दिपेन्द्र चोकतर्फ आउदै गरेको बिएबी ९१७१ नम्बरको कार र सिनर्जी चोकबाट दिपेन्द्र चोकतर्फ जादै गरेको ना ८ प २५८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

कारमा ठोक्किदा मोटरसाइकल चालक भरतपुर–११ बस्ने वर्ष ३१ को अनिष चन्द ताम्राकार सामान्य र मोटरसाइकल पछाडि सवार भारत घर भई हाल भरतपुर–११ बस्ने वर्ष २० को मदन मण्डल मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । कार र कार चालक भरतपुर–१२ बस्ने वर्ष ४३ को प्रताप बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij