चितवन : शहीद गंगालाल हृदयरोग केन्द्र काठमाण्डौंका चिकित्सकको टोलीले भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगरमा मुटुको परीक्षण गरेको छ । जिपि कोइराला अध्ययन केन्द्रको आयोजनामा भएको निःशुल्क मुटुरोग परीक्षण कार्यक्रममा ६५० जनाको मुटुको परीक्षण गरिएको हो ।
केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीका अनुसार शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक बरिष्ठ मुटुरोग विशेषज्ञ डा.रवि मल्लको नेतृत्वमा आएको १८ जना चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको टोलीले शिविरमा ईको, इसिजी गर्नुका साथै उच्च रक्तचाप, मधुमेह लगायतको परीक्षण गरेको थियो ।
कार्यक्रममा स्थानीय सहकार्य भरतपुर महानगरपालिका वडा नं. ६ ले गरेको थियो । केन्द्रका अध्यक्ष अधिकारीले मुटुको विज्ञ समूहले गाउँमा आएर परीक्षण गर्दा स्थानीय लाभान्वित भएको बताउनुभयो । परीक्षणमा देखिएका समस्याहरु समाधानका लागि चिकित्सकले परामर्श दिनुभएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij