Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

दुम्किवासको विनयी खोलामा आकस्मिक बाढी : राजमार्ग पूर्ण रूपमा अवरुद्ध

दुम्किवासको विनयी खोलामा आकस्मिक बाढी : राजमार्ग पूर्ण रूपमा अवरुद्ध

नवलपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित दुम्कीबासमा डाइभर्सन बगाउँदा बाटो अवरुद्ध भएको छ । शुक्रबार (वैशाख १९) बिहान विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार, विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्मित डाइभर्सन पनि बाढीले बगाएकाले मालवाहक तथा ठूला गाडी होङ्सी गेट र अरुणखोला क्षेत्रमा रोकिएका छन् ।

यात्रुवाहक र साना सवारीसाधनलाई भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ । अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट