Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

‘कानुनमा थपिएका नयाँ बुँदा’ भन्दै पूर्वप्रधानमन्त्री चन्दले गरे कटाक्ष

‘कानुनमा थपिएका नयाँ बुँदा’ भन्दै पूर्वप्रधानमन्त्री चन्दले गरे कटाक्ष

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक लोकेन्द्र बहादुर चन्दले राजावादी समूहलाई सरकारले पूर्वाग्रह राखेर धरपकड गरेको भन्दै कटाक्ष गरेका छन् ।गत चैत १५ गते तीनकुनेमा राजावादी समूहको प्रदर्शनपछि सरकारले दर्जनौँलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइरहेको बेला चन्दले कानुनमा सेडिसन (देशद्रोह) र संगठित अपराधसम्बन्धी दुई नयाँ बुँदा थपिएको भन्दै कटाक्ष गरेका हुन् ।

कानुनमा थपिएका नयाँ बुदाहरु’ भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा बिहीबार भनेका छन्, ‘सेडिसनः जब कानुन सम्मत रूपले कुनै एक ठाउँमा भेला हुन लागेका नागरिकहरूमाथि अधिकारीहरूबाट अश्रुग्यास (ताजा वा म्याद नागेका) प्रहार हुन्छ, त्यस बखत त्यहाँ भेला भएका र हुन लागेका व्यक्तिहरू सेडिसनका अपराधी मानिने छन् ।’

यस्तै उनले अगाडि भनेका छन्, ‘संगठित अपराधः अधिकारीहरूबाट भएको जथाभाबी गोली प्रहारबाट जब निअप्राध मानिसहरू घाइते हुन्छन्, केही मर्छन्, अनि थुप्रै मानिसहरू थुना पर्छन् ती मृतक, घाइते र थुनुवाहरू संगठित अपराधका दोषी ठहरिने छन् ।’राज्यले राजावादी समूहलाई पूर्वाग्रह साँधेको आशयसहितको धारणा उनीबाट आएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट