ललितपुर : सभामुख देवराज घिमिरेले लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउन चुनौतीहरू देखिएको बताएका छन् । बिहीबार ललितपुरमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले मुलुकमा धेरै खालका समस्याहरू देखिएको र समस्या समाधानका लागि चुनौतीहरू पनि थपिएको बताए । उनले चुनौतीहरूभित्र पछिल्लो समय विकास भइरहेको इलेक्ट्रोनिक डिभाइसबाट गर्ने कामहरू लेखापढीसँग पनि सम्बन्धित रहेको बताए ।
अझै पनि मुलुकमा ठूलो सङ्ख्या सामान्य लेखपढ गर्न पनि नसक्ने अवस्था रहेको बताउँदै विश्व एआईको अवस्थामा पुग्दा लेखापढीलाई पनि त्यस ढङ्गबाट लैजानको लागि कानूनी प्रबन्ध, व्यवहारिक उतार्ने र जनताका कामहरूलाई गाँसेर कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषय मुख्य चुनौततिको रूपमा रहेको उल्लेख गरे ।सभामुख घिमिरेले लेखापढीको ऐतिहासिकता आजको दिनले कायम गर्नुपर्नेमा जोड दिँदै विभिन्न चुनौतिहरूलाई सामना गर्न अधिवेशनले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij